श्री एअरलाइन्सका सबै विमानको उडानमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले श्री एअरलाइन्सको जहाजको इञ्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ ।

क्यानले एअरलाइन्सलाई जहाजको इञ्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

उहाँले विगतमा श्री एअरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताउनुभयो । क्यानका प्राविधिकले जहाजको इञ्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउने उहाँले बताउनुभयो ।

प्राधिकरणको यो निर्णयपछि श्री एअरलाइन्सका जहाजले कुनै पनि उडान भर्न पाएका छैनन् । हिजो काठमाण्डौबाट भैरहवाका लागि उडान भरेको नाइन एन–एएनआर जहाजको इञ्जिनमा आगो लागेको सङ्केत देखिए पछि काठमाण्डौ फर्काएर आकस्मिक अवतरण गराइएको थियो । उज्यालोबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?