कस्तो छ त आजको मौसम ?

 

हाल देशको पहाडी तथा हिमाली भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू(भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू(भागहरूमा आंशिक बदली रहने छ।

देशका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका एक(दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

पर्सि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?