सोलुखुम्बुमा मृत भेटिएका ब्यक्तिको सनाखत हुन नसक्दा पोष्टमार्टममा समस्या

 

सोलुखुम्बुको सोताङ गाउँपालिका ३ सोहरामा मृत भेटिएका एक ब्यक्तिको सनाखत हुन नसक्दा पोष्टमार्टममा समस्या भएको छ ।

गएको आइतबार मृत भेटिएका अन्दाजी वर्ष ३५ का सुमेन्द्र राईको आफन्त सम्पर्कमा नआउँदा पोष्टमार्टममा समस्या भएको प्रहरीले जानकारी दिएको छ । उनको मुखबाट रगत बगेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक राम किशोर साहले दिएको जानकारी अनुसार मृतकको साथमा भेटिएको कोरोना खोप कार्डमा निजको ठेगाना भारतको दार्जलिङ कुर्सुङ १५ घर नं।२५ भएको खुलेको खुलेको छ । यद्यपि त्यो ठेगानामा सुमेन्द्र राई नाम गरेका व्यक्ति नभएको भारतीय प्रहरीले जनाएको छ ।

शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?