नेपालको पाँचौं सफलता, दीपेन्द्रले लिए विकेट

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले पाँचौं विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले पाँचौं विकेट रोहन मुस्तफालाई २० रनमा गुमाएको हो।

यूएईका लागि ३२ बलमा तीन चौकासहित २० रन जोडेका मुस्तफालाई दीपेन्द्रसिंह ऐरीले एलबीडब्यूको शिकार बनाए। यसअघि ओपनर आर्यान लाक्रालाई ६ रनमा ललित राजवंशीले बोल्ड गरेका थिए। लाक्रासँगै ओपनिङमा आएका कप्तान मुहम्मद वासिमले ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेका थिए।

वान् डाउनमा क्रिजमा उत्रिएका वृत्या अरविन्द एक सय ६ बलमा ६ चौका र एक छक्कासहित ६५ रन बनाएर खेलिरहेका छन्।

यूएईका सीपी रिजवानलाई भीम सार्की र आसिफ शेखले रन आउट गर्दै पभिलियन फर्काएका थिए। रिजवानपछि क्रिजमा उत्रिएका आयान खान तीन रन मात्र जोडेर दीपेन्द्रसिंह ऐरीको बलमा गुल्शन झाको हातबाट क्याच भएका थिए।

आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।अन्नपुर्णबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?