यूएईले नेपाललाई दियो ३ सय ११ रनको विशाल लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पाएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो ।

उसका लागि आशिफ खानले १ सय १ रन बनाए । उनले ४० बलमै शतक पूरा गरेका हुन् । एसोसिएट क्रिकेटमा आज आशिफले सबैभन्दा छिटो शतक हान्ने रेकर्ड पनि बनाएका छन् । यस्तै, वृत्य अरविन्दले ९४, मोहम्मद वासिमले ६३ रन र रोहन मुस्ताफाले २० रन बनाए ।

बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एकरएक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?