पोखराको चिप्लेढुंगामा बसको ठक्करबाट २४ बर्षे युवतीको घटनास्थलमै ज्यान गयो

पोखराको चिप्लेढुंगामा नगरबसको ठक्करबाट एक युवतीको ज्यान गएको छ ।आज बिहान ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २४ वर्षीया दीक्षा कार्कीको ज्यान गएको हो ।

झापाको दमक ४ घर भई हाल पोखरा ५ पर्स्याङ बस्दै आएकी कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई अस्पताल पुर्याउदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको प्रहरीले जनाएको छ ।

पोखरा ताङतिङ चल्ने उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक कास्कीको मादी ५ घर भएका ३५ वर्षका सागर क्षेत्री हुन् ।

एकाबिहानै खुल्ला र फराकिलो सडकमा स्कुटरलाई ठक्कर दिनु चालकको गम्भिर लापरबाही भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?