विश्वकप छनौटमा पुग्न सफल क्रिकेट खेलाडीलाई जनही ३ लाख रुपैया दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

 

एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनौटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा हिजो भएको खेलमा यूएईलाई ९ रनले पराजित गर्दै ग्लोबल छनौटमा पुग्न सफल खेलाडीहरुसँग आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् । आगामी जुन जुलाईमा जिम्बाबेमा विश्वकप छनौट खेल हुँदैछ ।

खेलाडी र अफिसियलहरुसँग आफ्नो निवास बालुवाटारमै बोलाएर भेटेका प्रधानमन्त्री प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका थिए । उनले सोही क्रममा प्रतिखेलाडी ३ लाख पुरस्कार दिने घोषणा गरेका हु्न् ।

प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन क्रिकेट रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रतिवद्धता जनाएका छन् । उनले त्रिवि क्रिकेट मैदानमा सडलाइट र स्कोरबोर्ड व्यवस्था गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् । यस्ते प्रधानमन्त्री प्रचण्ड हिजो खेल सुरु नहुदै खेलमैदानमै पुगेर खेलाडीहरुलाई शुभकामना दिएका थिय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?