उपराष्ट्रपतिमा रास्वपाले जनमतलाई भोट दिने

राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीको उम्मेदवारलाई भोट दिने भएको छ। शुक्रबार बसेको बैठकले जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झालाई भोट दिने निर्णय भएको एक सांसदले बताए।

एक सांसदका अनुसार रास्वपाको पदाधिकारी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो।  नयाँ उपराष्ट्रपति पदका लागि मतदान भइरहेको छ।

नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि शुक्रबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो। दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले भोट हाल्नेछन्।

उपराष्ट्रपतिका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार बनेका छन्।सेतोपाटिबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?