प्रधानमन्त्री प्रचण्ड भन्छन् ‘चैत १० गतेसम्म सरकार विस्तार हुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।

आज लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन,चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए।

प्रधानमन्त्रीले आज उपराष्ट्रपतिको चुनावपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए । उनी भन्छन्, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत६ गते लिने भनिएको नै छ । त्यसको चार दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु ।’

प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अफ्ठ्यारो नरहेको दाबी पनि गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?