प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि सरकार विस्तार हुने बताउनु भयो । उहाँले संविधानको रक्षा, संवर्द्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस सरकारमा जाने निर्णय भएको बताउनु भयो ।

प्रवक्ता महतले आज बस्ने संसद् बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने बताउनु भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?