ढोरपाटनमा भयो यसवर्षको पहिलो हिमपात

बागलुङको ढोरपाटनमा यस वर्षको पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो ।

हिमपातका कारण त्यहाँ चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी राम बहादुर घर्ति मगरले बताएका छन् ।

हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घर्तिको भनाइ छ । हिउँका कारण शनिबार रातभर मोबाइल नेटवर्कले काम नगरेको र आज बिहानबाट घाम लागेको उनको भनाई छ।

हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ आउने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएका छन् ।

अघिल्लो वर्ष पुस माघमै चार÷पाँच पटक हिमपात हुने गरे पनि यस वर्ष ढोरपाटन उपत्यकामा पहिलो पटक हिउँ परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?