एकीकृत समाजवादीको महामसचिवमा घनस्याम भुसाल

नेकपा एकीकृत समाजवादी पार्टीले घनश्याम भुसाललाई महासचिव बनाएको छ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको ५३ औं सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यस्तै महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय भएको हो । ‘पार्टीको आजसम्म महासचिव पदमा कार्यरत बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनयन गरिएको छ। रिक्त महासचिव पदमा घनश्याम भुसाललाई मनोनयन गरिएको छ,’ उँहाले भन्नुभयो , ‘सर्वसम्मत रूपमा यो निर्णय गरिएको हो।’

साथै बैठकले पार्टीका चारै जना उपाध्यक्षलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेको छ। ‘पार्टीका सबै उपाध्यक्ष अब केन्द्रीय सचिवालयमा रहनुहुन्छ। सचिवालय सदस्य संख्या १९ पुगेको छ,’ खतिवडाले भन्नुभयो ।

भुसाल गत पुस २९ गते नेकपा एकीकृत समाजवादीमा आवद्ध हुनुभयको थियो।

भुसाल एमाले छाडेर गत मंसिर ४ को चुनावमा रूपन्देही १ मा स्वतन्त्र उम्मेदवार हुनुभएको थियो । तर उँहा पराजित हुनुभयो।

त्यसपछि भुसाल २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवशेनबाट उपमहासचिव बन्नुभयो ।

साथै २०७८ मंसिरमा भएको दसौं महाधिवेशनमा उपाध्यक्ष पराजित हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?