दिगामें गुड र खुदोको माग बढ्दो

अमर पन्थ ,बुटवल

गुल्मीको दिगाम गुड र खुदो पारखीहरुका लागि चिरपरिचित नाम हो नाम सुन साथ गुँड खुदोको सम्झना नआउने कमै हुनुहुन्छ होला। जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर – ४ मा अवस्थित दिगाम गुड र खुदोको लागि प्रख्यात नाम हो। त्यहाँ उत्पादन हुने गुड र खुदोको व्यापारले दिगामेली कृषकहरुले मनग्य आम्दानी समेत गर्दै आएका छन् । देशविदेशमा थोगर्नेली गुड र खुदो माग बढ्दै जान थालेसँगै त्यहाँका कृषकहरु व्यवसायीक रुपमा गुड र खुदो उत्पादनका लागि उखु खेतीमा आकर्षित देखिएका छन् । भने व्यवसायीक रुपमा गुड र खुदो उत्पादन हुन थालेसँगै स्थानीयहरुले रोजगारी समेत पाएका छन् ।

माग उच्च भएसँगै गाउमै उद्योगसमेत स्थापना हुन थालेका छन् गाउँले गुरूप अफ इन्डस्तिज सन्चालन गरि करिब एक करोड बराबरको कारबार हुनेगरेको त्यसै संस्थाका अध्यक्ष रामकृष्ण न्यौपानेले जानकारी दिए किसानहरु बिहान झिसमिसे देखि बेलुका अबेर सम्म उखुको स्याहार देखि खुदो, गुड बनाउनमै बेस्त रहन्छन् । छत्रकोट र रुरुक्षेत्र गाउँपालिकाका किसानहरूको उखू समेत त्यही उद्योगले खरिद गर्ने गरेको छ योसँगै किसानहरुलाई पनि राहत महसुस भएको छ त्यतिमात्रै नभएर स्थानीय २० जनाले रोजगारी समेत पाएका छन्।

 

किसानले बारीमा लगाएको उखु कोटर सफा गरेपछि काठ, फलामे मेसिनबाट रस निकालिन्छ । त्यो रसलाई फिल्टर गरेर आगोमा पकाएर खुदो बनाइन्छ । त्यही खुदोलाई सानासाना भाडोमा पकाएर मसला र विभिन्न स्वाद हुने गरी निश्चित आकार अनुसार गुड तयार गरिन्छ ।
खुदो प्रतिलिटर १ सय ८० रुपैयाँदेखि २ सय ५० रुपैयाँ, सादा गुडको १ सय ७० र मसलावाला गुडको २ सय ५० रुपैयाँमा प्रतिकिलो बिक्री हुने गर्दछ । गुड पाँच प्रकारको बनाइन्छ । मसलेदार, सादा, चकलेटी, फसफसे र हाडे । सोंफ, नरिवल र बदाम लगायत राखेर तयार पारिएको गुडलाई मसेलेदार भनिन्छ । जुन अन्य गुडको तुलनामा अधिक बिक्री हुन्छ । बालबालिका र किशोरकिशोरीका लागि मुखमा राखेर चपाइराख्न हाडे गुड तयार गरिन्छ ।

स्कुल तथा कलेजका विद्यार्थीले धेरै खोज्छन् । थानपति, बलेटक्सार, हर्दिनेटा, थोर्गा र दिगाम लगायतका स्थान उखुका लागी जिल्लाकै पकेट क्षेत्र रहेका कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिएका छन् । गत बर्ष छत्रकोट गाउँपालिका दिगाम(मानकोट र हर्दिनेटा र रुरु गाउँपालिका विभिन्न स्थानमा उखु ब्लगको कार्यक्रम गरिएको भण्डारीले जानकारी दिनुभयो । यस आर्थिक बर्ष जिल्लाभर १ सय ७२ हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको छ । करिब २ करोड बराबरको उखु र त्यसका परिकार बाहिर निर्यात भएको भण्डारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?