प्रधानमन्त्री प्रचण्ड भन्छन् ‘सबै सांसदको विश्वासको मत पाउने आशा छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भोलीको प्रतिनिधि सभा बैठकबाट सबै सांसदको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ ।

आज को प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भोलि १०० प्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताउनुभएको हो । प्रचण्डले पहिला ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको बताउदै भोली शय प्रतिशत मत पुग्ने आशा व्यक्त गनुभएको होे।

प्रचण्डले भोलीको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । उहाँलाई अहिलेसम्म नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?