गृहकार्य नगरेको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट

झापाको दमक नगरपालिका–३ मा गृहकार्य नगरेको आरोपमा कक्षा १ मा पढ्ने एक जना विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ ।

अक्सफोर्ड माविका एक छात्रले दुई वटा प्रश्नको उत्तर नलेखेको भन्दै शिक्षिका एलिना न्यौपानेले विद्यार्थीलाई निर्घात कुटपिट गरेको पीडित विद्यार्थीको परिवारले आरोप लगाएको छ ।

दमक ३ का वडाध्यक्ष नविन बरालले पनि कुटपिटको सूचना आएपछि आफूहरुले बुझ्ने प्रयास गरेपनि पीडित पक्ष वा विद्यालयबाट धेरै जानकारी प्राप्त नभएको बताए । ‘फेसबुकमा फोटोसहित विवरण आएपछि मैले पनि बुझ्न खोजेको थिएँ’, उनले भने, ‘तर, धेरै विवरण प्राप्त भएन ।’

शनिबार पीडित विद्यार्थीका आफन्त दुर्गा पौडेलले पीडित विद्यार्थीको फोटोसहित स्ट्याटस लेख्दै विद्यालय, शिक्षा र शिक्षिकालाई कारबाही गर्नुपर्ने बताएकी थिइन् ।अनलाइनखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?