उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा शपथ ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट यादवले शपथ लिनु भएको हो ।

गएको ३ गते भएको चुनावबाट उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । जसपाका नेता रामसहायप्रसाद यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै निर्वाचित हुनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?