देशभर पश्चिमि वायुको प्रभाव,धेरैजसो ठाउँमा बर्षाको सम्भावना,पर्सिसम्मकै मौसम यस्तै रहने अनुमान

देशभरकै मौसम बिहानैदेखि बदली भएको छ । आज पनि देशका धेरै ठाउँमा बर्षाको अनुमान गरिएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । तराईका केहि जिल्लामा पनि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको अनुमान गरिएको छ । गएराति पनि देशका धेरै ठाउँमा मेघगर्जन सहित पानी परेको थियो ।

पछिल्लो २४ घण्टामा लमजुङमा सबैभन्दा धेरै वर्षा भएको छ । लमजुङमा ५० मिलिमिटर वर्षा भएको मापन गरिएको छ । मौसमविद् समिर श्रेष्ठले पर्सिसम्मकै मौसम यस्तै रहने बताउनुभयो । पश्चिमी वायुको प्रभाव पर्सिसम्म नै रहने देखिएकाले मौसम बदली हुने र पानी पर्ने क्रम पर्सिसम्म नै चल्ने उहाँले जानकारी दिनुभयो ।

यसपालिको हिउँदयाममा खासै पानी पर्न सकेन । हिउँद सुक्खा भए पनि प्रि मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ । यसले गर्दा प्रदूषण कम हुन र खेतीपातीका लागि केही राहत मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?