देशका धेरैजसो ठाउँमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना, भोलिदेखि क्रमिक रुपमा मौसम खुल्ने

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। मौसमविद् गंगा नगरकोटीका अनुसार आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ ।

यस्तै, आज राति पनि केही ठाउँमा हावाहुरीसहित मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण केही दिनदेखि देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ ।
हिजो दिउसो देशका केहि ठाउँमा फ्याटफुट पानी परेको थियो ।

त्यस्तै गएराति पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा पानी परेको थियो । लगातारजसो मौसम बदली भइ पानी परिरहेकाले चिसो भएको छ । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्ने जाने मौसमविद्ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?