अन्ततः गायक शिब परियारले धोकेबाज हौ तिमि गीतका ओरिजिनल गायक गायिकाका बारेमा खुलस्त पारे

धोकेबाज हौ तिमि गीतका बारेमा कन्ट्रोभर्सि आएपछि गायक शिव परियारले बनिबनाउ प्रहार गरेको बन्दै एक बिज्ञप्ती मार्फत खण्डन गरेका छन् ।

पछिल्लो समय मिडियामा उक्त गितको बारेमा आएका अभिब्यक्तीबारे गायक शिब परियारले सामाजिक सञ्जाल फेसबुकमा एक बिज्ञप्ती सार्वजनिक गर्दै ति कुराहरुको खण्डन गदत्यस्ता बनि बनाउँ कन्ट्रोभर्सि खबरबाट आफ्ना शुभचिन्तकहरुलाई सावधान र सतर्क रहिदिन अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको , धोकेबाज हौ तिमि प्रेस विज्ञप्ती

धोकेबाज हौ तिमि गीतका बारेमा पछिल्लो समय मिडियामा आएका बनिबनाउँ प्रहार पूर्ण समाचारका सम्बन्धमा मेरो आधिकारिक बिचार– पहिला कस्ले गायेको ? पछि कस्ले गायेको ? भन्ने बनि बनाउँ कन्ट्रोभर्सि खबरबाट मेरा सबैजना प्रीय शुभचिन्तकहरु कृपया सावधान र सतर्क रहिदिन बिनम्र अनुरोध गर्दछु । धोकेबाज हौ तिमि गीत यस गीतका आधिकारिक स्रष्टा र सङ्गीतकार सुबास कार्की ज्युले आधिकारिक रुपमा मेल ,फिमेल र चाईल्ड तिन ओटा भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ्ग र प्रकाशन गर्नु भएको छ र यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरुको होईन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होईन र छैन्र र चोरि चकारि वा कभर गरेर हामि कसैले गाएको पनि हैनौं र यस गीतलाई मेल फिमेल र चाईल्ड यि तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउँने गायक गायिका नै यस गीतका आधिकारिक ओर्जिनल गायक गायिका हुन । यो बिषयमा कुनै बिबाद गर्नु पर्ने आधार या आवश्यक्ता मैले देखेको छैन । आधिकारिक रुपमा स्पष्ट पार्दछु यति सहज र सरल र बिषयमा कुरा बुझेर पनि, जानेर पनि बुझ पचाएर प्रहार गर्ने उद्देश्यले यो अप्राकृतिक कन्ट्रोभर्सि आकर्षित देखिन्छ । यो वास्तविकता देखि सतर्क र सावधान भईदिन, यस्ता हल्लाका पछि नदौडिन, र कुरा नबुझि गालि गलौजको भाषा प्रयोग गरेर कमेण्ट गर्न हतार नगरौं । मेरा समस्त प्रीय शुभचिन्तकहरुमा अनुरोध गर्दछु ।

‘धोकेबाज हौ तिमी’ गीतको फिमेल भर्जन यतिबेला सबैभन्दा बढी भाइरल हुनेमध्ये पर्छ । टिकटकदेखि फेसबुक र इन्स्टाग्रामको रिल्ससम्म यो गीत व्यापक सेयर भइरहेको छ । नेपाली मात्र होइन, विदेशीले समेत यो गीतको कन्सर्टका दृश्यलाई सेयर गरिरहेका छन् ।

यो गीतलाई लिएर गायिका एलिना चौहान समेत चर्चामा छिन् । पछिल्लो समय जिल्ला–जिल्लामा भइरहेका मेला–महोत्सवमा समेत यो गीत चर्चामा छ । कतिपयले एलिनालाई ‘धोकेबाज हौ’ गायिकाको रुपमा समेत चित्रण गर्न थालेका छन् । राजनीतिक सन्दर्भमा समेत यो गीतलाई लिएर ट्रोल बनिरहेको छ ।

करिब दुई वर्षअघि नै शिव परियारको आवाजमा रिलिज भएको मेल भर्जनभन्दा पछि एलिनाको स्वरमा आएको फिमेल भर्सन चर्चामा आएको छ । तर यो गीतले मेल भर्जनमा आवाज दिएका शिव परियारलाई समेत पुनः चर्चामा तानेको छ । शिव परियारले कृपया ‘टाइटलमा नजानुस् है । अन्तर्वार्ता राम्रो छ’ भन्दै एक टेलिभिजन अन्तर्वार्तालाई सेयर गरेका छन् जसको टाइटल छ, ‘धोकेबाज गीत मैले गाएको हो । धोकेबाजले मलाई फेरि चर्चामा ल्यायो ।’

शिवको उक्त टेलिभिजन अन्तर्वार्ता हेर्दा लाग्छ, ‘धोकेबाज हौ तिमी’ गीतलाई लिएर शिव र एलिनाबीच अप्रत्यक्ष रुपमा जस लिने होड चलेको भनेर धेरैले चर्चा गरेका थिए ।गायक शिब परियारले अन्तर्वार्तामा आफूले गाएको उक्त गीतको मेल भर्सनले अहिले पनि चर्चा बटुलेको बताएका छन् । साथै, एलिनाले गाएको गीत हिट हुनुमा कन्सर्टमा देखिएको दृश्य र एक्सप्रेसन प्रमुख रहेको अर्थ्याउन खोजेका छन् । साथै उनले टाइमलाइनमा भिडियो पनि सेयर गरेका छन् ।

गायक परियारको स्वर रहेको उक्त गीतको मेल भर्जनलाई युट्युबमा ८३ लाख पटक हेरिएको छ भने एलिनाको गीतलाई २ करोड ३९ लाख पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?