सांसद डा.चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार, सामान्य आहार दिन सुरु

नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।उहाँलाई सामान्य आहार दिन सुरू गरिएको बताइएको छ। बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी घाइते हुनुभएको थियो ।

सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार गराएर उहाँलाई थप उपचारका लागि भारत लगिएको थियो। फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उहाँको उपचार भइरहेको छ।

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको र सामान्य आहार दिन थालिएको चिकित्सकहरूलाई उद्धृत गर्दै उहाँका दाजु मीनप्रसाद भण्डारीले बताउनुभएके छ ।

‘स्वास्थ्यमा सुधार भइरहेको, कलमी गरेको छालाले पनि राम्रो प्रतिक्रिया दिएको र अनुहारको छाला राम्रो हुँदै गएको डाक्टरहरूले जानकारी दिनुभएको तथा उहाँलाई फिजियोथेरापी जारी राखिएको मिन बहादुर भण्डारीले बताउनुभएको छ।

सांसद भण्डारीको जलन भएका ठाउँका छाला पनि राम्रो हुँदै गएकोले तत्काल शल्यक्रिया गर्नुनपर्ने चिकित्सकहरूले बताएका छन्। सांसद भण्डारी अरूको सहयोगबिना केही समय बस्न सक्ने हुनुभएको उहाँको भनाई छ । केही दिनमा उहाँलाई हिँड्नका लागि प्रयास गराइने पनि चिकित्सकहरूको तयारी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?