रवि लामिछानेलाई महान्याधिवक्ताको कार्यालयले उन्मुक्ति दिएको भोलिपल्टै युवराज सफलले फेरी मुद्दा हाल्ने तैयारी

रवि लामिछानेलाई महान्याधिवक्ताको कार्यालयले उन्मुक्ति दिएको भोलिपल्टै युवराज सफलले फेरी मुद्दा हाल्ने तैयारी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा युवराज सफल फेरी सर्वोच्च अदालत जाने भएका हुन, ।

उनले आज विज्ञप्ति जारी गरी उनले राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले शक्तीका आडमा लामिछानेलाई उन्मुक्ति दिएके भन्दै सर्वोच्च अदालत जाने बताएका हुन् ।

रास्वपा सभापति लामिछानेले अमेरिकी नागरिक कामय हुँदा नै नेपाली राहदानी बनाइ दुरुपयोग गरेको प्रमाण हुँदाहुँदै सत्ताको आडमा उनलाई उन्मुक्ति दिएको आरोप लगाउदै सफलले आपत्ति जनाएका छन् ।

‘अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता र शक्तिको आडमा रबि लामिछानेलाई प्रकरणबाट उन्मुक्ति दिनु घोर कानुनको उल्लंघन हो भन्ने मेरो ठम्याइ रहेको छ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेले राहदानी दुरुपयोग गरेको मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयबाट आएको प्रतिवेदनका आधारमा महान्यायाधिबक्ता दिनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेका हुन् ।

महान्यायाधिवक्ताले सो निर्णय गरेसँगै अब लामिछानेले सफाइ पाएका हुन् । अब उनीविरुद्ध सरकारी निकायले मुद्दा चलाउने छैन । सफाइ पाएसँगै लामिछानेलाई चितवन क्षेत्र नम्बर २ मा आउँदो वैशाखमा हुन लागेको उपनिर्वाचनमा चुनाव लड्ने बाटो खुलेको छ । लामिछानेलाई मुद्दा चलाउन नपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयसँगै उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतसमेत दिएको छ ।

राहदानी दुरुपयोगको विषयमा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा फाइल पेस गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमा मुद्दा नचल्ने निर्णय गर्दै पठाएको थियो ।

लामिछानेको नेपाली र अमेरिकी राहदानी रहेको तथा उनले एकैपटक दुईवटा राहदानी प्रयोग गरेको आरोप लागेको थियो । अमेरिकी राहदानी नबुझाई नेपाली प्रयोग गरेको पाइएपछि उनी विवादमा परेका थिए ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेले आफू अमेरिकी नागरिक छँदा बनाएको ०८८ ३४ ८३८ नम्बरको नेपाली राहदानी दुरुपयोग नगरेको, उक्त राहदानी अध्यागमन विभागबाट रद्द भइसकेको, अमेरिकी नागरिक हुनुअघि उनी वंशजका आधारमा नेपाली नागरिक रहेको र अहिले नागरिकता पुनः प्राप्ति गरिसकेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो ।

साथै लामो समय अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले पनि उनीमाथि मुद्दा चलाउनु नपर्ने भन्दै अनुसन्धान प्रतिवेदन बुझाएको कुरालाई महान्यायाधिवक्ताको कार्यालयले अर्को आधार मानेको छ ।

लामिछाने सुरुमा नेपाली नागरिकता लिने प्रक्रिया नै पूरा नगरी विवादमा परेका थिए । उक्त विवादमा सर्वोच्चले उनीसँग नेपाली नागरिकता नभएको फैसला गरेको थियो ।

सो फैसला लगतै उनले जिल्ला प्रशासन कार्यालय पुगेर प्रक्रिया पूरा गरेर नागरिकता लिएका थिए । सर्वोच्चको फैसलासँगै उनले सांसद र मन्त्री पद गुमाएका थिए । यसरी रवि लामिछानेलाई महान्याधिवक्ताको कार्यालयले उन्मुक्ति दिएको भोलिपल्टै युवराज सफलले फेरी मुद्दा हाल्ने तैयारी गरेको खबर बाहिरीदा आम मानसमा रवि लामिछाने आगामी बैशाखमा हुन गैरहेको उपनिर्वाचनमा सहभागी होला वा नहोलान भन्ने प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?