राष्ट्रिय स्वतन्त्र पार्टीले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल गराउने भएको छ ।

क्षेत्रगत विज्ञहरुको राय सुझावले नीति निर्माणमा मद्दत पुग्ने भएकाले विभिन्न पक्षको धारणा सुन्न लागिएको रास्वपा सांसद मनिष झाले जानकारी दिए । आज अर्थतन्त्रका पक्षमा उद्योगी व्यवसायीसँग राय लिन लागिएको हो ।

‘समाजका विभिन्न पक्षका सरोकारवालासँग हामीले अध्ययन गर्न लागेका हौं’, झाले भने, ‘उद्योग वाणिज्य महासंघको कुरा आज सुन्छौं ।’ अर्थतन्त्रको जटिल अवस्थामा राजनीतिक दल र प्रतिनिधिसभा सदस्यको भूमिकाका बारेमा महासंघसँग राय लिने उनले बताए ।

भोली उद्योग परिसंघ र चैत १२ मा बैंकर्स संघका पदाधिकारीसँग अन्तर्क्रिया गर्ने रास्वपाले जनाएको छ । अर्थतन्त्रपछि अन्य फरक क्षेत्रको विषयमा नेता र सांसदलाई प्रशिक्षित गराईने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?