सर्लक्कै घटेर आइफोनको मूल्य कती पुग्यो ? हेर्नुहोस मुल्य सुची

काठमाडौँ – आइफोनको मूल्य घटेको छ । कम्पनीले आइफोन- १४ प्रो र आइफोन- १४ प्रो म्याक्सको मूल्य घटाएको हो।

विश्व बजारमा निकै महङ्गो एवम् लोकप्रिय ब्राण्ड बनेको एप्पले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार अब १२८ क्षमता भएको आइफोन- १४ प्रोको मूल्य एक लाख ८० हजार १ सय  ९० रुपैयाँ यसको मूल्य यसअघि १ लाख ९४ हजार ९ सय  ९० थियो भने २५६ जिबी क्षमताको आइफोन- १४ प्रोको मूल्य एक लाख ९८ हजार ८ सय  ९० रुपैयाँ पुगेको छ यसको मूल्य यसअघि दुई लाख १४ हजार ९ सय  ९० रहेको थियो।

त्यस्तै, १२८ जिबी क्षमताको आइफोन- १४ प्रो म्याक्सको मूल्य एक लाख ९८ हजार ८ सय  ९० रुपैयाँ छ यसअघि यसको मूल्य २ लाख १४ हजार ९ सय ९० थियो भने २५६ जिबी क्षमता भएको आइफोन- १४ प्रो म्याक्सको बजार मूल्य दुई लाख १७ हजार ७ सय  ९० रुपैयाँ तोकिएको छ यसको यसअघिको मूल्य २ लाख ३४ हजार ९ सय  ९० रहेको थियो। नेपाली बजारमा यस मूल्य बिक्रेता अनुसार २/४ हजार तलमाथि भएको पाइन्छ।

नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि रहेको छ । पछिल्लो समय अन्य फोनहरूमा पनि आइफोनकोभन्दा एड्भान्स फिचर आइरहँदा पनि यसको लोकप्रियतामा भने कुनै कमी देखिँदैन ।

नयाँ मूल्यसँगै नेपालमा पनि आइफोन- १४ को विभिन्न मोडल खरिद गर्न सकिन्छ। पछिल्लो समय नेपालमा पनि आइफोन प्रयोगकर्ताहरू धमाधम बढीरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?