विद्यार्थीलाई टाढा हुने गरी परीक्षा केन्द्र नराख्न तीन विद्यार्थी संगठनको माग

विद्यार्थीलाई टाढा हुने गरी अपायक ठाउँमा परीक्षा केन्द्र नतोक्न तीन विद्यार्थी संगठनहरूले मागगरेका छन्।

नेविसंघ सभापति दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले आज एक विज्ञप्ति निकालेर विद्यार्थीलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्न माग गरेका हुन्।

यही चैत १२ गतेदेखि स्नातक तह चौथो वर्षको परीक्षा हुँदैछ। आफुले पढिरहेको क्याम्पसभन्दा धेरै टाढा परिक्षा केन्द्र राख्नाले धेरै गाह्रो भएको विद्यार्थीले गुनासो गरेका छन् ।
विद्यार्थीले पढिरहेको क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन पनि उनीहरूले माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?