काठमाडौंको चक्रपथमा ४ सवारी साधन आपसमा ठोक्किए, ८ जना घाइते

काठमाडौंको चप्पल कारखानास्थित चक्रपथमा आज दिउँसो चार वटा सवारी साधन आपसमा ठोक्किएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार आज दिउँसो सवा २ बजेतिर तीन वटा मोटरसाइकल र स्कुटरलाई एउटा कारले ठक्कर दिएको थियो।

दुर्घटनामा परी ८ जना घाइते भएका छन्। तीमध्ये एक जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अरूलाई ह्याम्स अस्पताल लगिएको एसपी रिजालले जानकारी दिए।

दुर्घटनामा अरू सवारी साधनमा पनि क्षति भएको बताइएको छ।

दुर्घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?