गगन थापा भन्छनः ‘अर्को चुनावमा कांग्रेस एक्लै लड्नुपर्छ ’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने आम निर्वाचनमा कांग्रेसले पार्टी एक्लै चुनाव लड्ने बताएका छन् ।
कांग्रेस क्षेत्रीय समितिले आज बुटवलको भैरहवामा गरेको अन्र्तक्रियामा महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताएका हुन ।

‘अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ र २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ,’ थापाले भने, ‘८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टी अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्नुपर्छ ।’

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले तत्कालीन नेकपा विभाजन र संसद विघटनले गठबन्धनको संस्कृति निर्माण गरेको बताए ।
नेता थापाले केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने बताए ।

पार्टीको बैठक भन्दा ३ गुना धेरै गठबन्धनको बैठकमा बस्नुपरेको भन्दै उनले जनताको असन्तुष्टिलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने बताए ।
अहिले कुनै क्षेत्र राम्रो छ भन्ने अवस्था नरहेको भन्दै सरकारले जनतालाई राहतको महसुस गराउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?