पानीले पनि रोकेन दाङमा पलका फ्यानलाई, घोराहीमा हजारौंको भिड

गोबिन्द झाक्री

शनिबार दाङमा पल शाह आउने प्रचार व्यापक पारिएको थियो । पलले पनि अघिल्लो दिन शुक्रवार नै कलिङ्ग दाङ भन्दै फेसबुकमा पोष्ट राखे जहाजमा सवार सेल्फी समेत राखेर ।

पललाई भेट्ने व्यग्र प्रतीक्षा गरेका दंगाली र छिमेकी जिल्लाका उनका फ्यान सबेरै घरको काम सकेर घोराही जाने तयारी गर्दै थिए । तर बिहान ९ बज्न नपाउदै घोराही आसपास पानीको वर्षा सुरुभयो । दिउसोको करिब २ बजे सम्म पनि पानी रोकिएन ।

लाखौं खर्च गरेर कार्यक्रमको तयारी गरेको आयोजक करिब निरास हुने अवस्था बन्यो तर सडकमा भने एकाएक छाता ओडेका मानिसहरूको हुल देखिन थाल्यो । आम सर्वसाधारणले आफ्नै जिल्लामा जन्मेर नेपाली रंगमञ्चमा तारा बनेका पल शाहलाई भेट्न पानीको प्रवाह गरेनन् ।

यहीँ बीचमा मौसम समेत खुल्दै गएर करिब ३ बजेपछी अलिअली घाम लाग्न थालेपछी त एकाएक घोराहीको माहोल नै परिवर्तन भयो ।

अहिले घोराहीमा आम सर्वसाधारणको भिड छ । कार्यक्रम स्थलमा टिकट काट्नेको घुईँचो छ । पल अब केही छिनमा मन्चमा आउने छन र भेट्न पाउने छन आफ्ना शुभचिन्तकलाई अनि देख्न पाउने छन शुभचिन्तकले पललाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?