अभिनेता पल शाहलाई आफ्नो गृहजिल्लामा भब्य स्वागतः असिनापानिले पनि छेकेन दर्शकको क्रेजः पललाई हेर्नकै लागि हजारौँ दर्शकहरु उपस्थित

अभिनेता पल शाहलाई आफ्नो गृहजिल्लामा भब्य स्वागत गरिएको छ । उनी दाङको घोराहीमा भैरहेको बृहत सांस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि लागि दाङमा हुन पुगेका हुन् । शनिबार दाङमा पल शाह आउने प्रचार व्यापक पारिएको थियो ।

पलले पनि अघिल्लो दिन शुक्रवार नै कलिङ्ग दाङ भन्दै जहाजमा सवार सेल्फी समेत राखेर फेसबुकमा पोष्ट राखेका थिए । पललाई भेट्ने व्यग्र प्रतीक्षा गरेका दंगाली र छिमेकी जिल्लाका उनका फ्यान सबेरै घरको काम सकेर घोराही जाने तयारी गर्दै थिए ।

तर बिहान ९ बज्न नपाउदै घोराही आसपास पानीको वर्षा सुरुभयो । दिउसोको करिब २ बजे सम्म पनि पानी रोकिएन । लाखौं खर्च गरेर कार्यक्रमको तयारी गरेको आयोजक करिब निरास हुने अवस्था बन्यो तर सडकमा भने एकाएक छाता ओडेका मानिसहरूको हुल देखिन थाल्यो ।

आम सर्वसाधारणले आफ्नै जिल्लामा जन्मेर नेपाली रंगमञ्चमा तारा बनेका पल शाहलाई भेट्न पानीको प्रवाह गरेनन् । यहीँ बीचमा मौसम समेत खुल्दै गएर करिब ३ बजेपछी अलिअली घाम लाग्न थालेपछी त एकाएक घोराहीको माहोल नै परिवर्तन भयो ।

अहिले घोराहीमा आम सर्वसाधारणको निकै भिड लागेको छ । कार्यक्रम स्थलमा टिकट काट्नेको घुईँचो नै लागेको छ । शाह जव स्टेजमा चढे तब दर्शकहरुको भिडबाट सिट्टी र तालीको वर्षात भएको थियो भने ‘पल दाई हाई–हाई’, ‘पल शाह आई लभ यू’ जस्ता नारा पटक–पटक घन्किएको थियो । एक वर्षको कारागार जिवन बिताएर थुनामुक्त भएपछि उनी आफ्नो गृहजिल्ला दाङ पहिलो पटक पुगेका हुन् ।

गृहजिल्लाका उनको स्वागतमा ठुलो जनसागर उर्लिएको थियो । उनी आउने खुसिमा उनका फ्यानहरु बिहानै देखि आतुर थिए । उनको स्वागतमा के बृद्ध के बच्चा सबै जना खुसि र उत्साहित देखिन्थे । पललाई हेर्नकै लागि उनका शुभचिन्तकहरुको निकै भिड लागेको थियो । अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।

पलले दंगालीको मायाँलाई आफ्नो घरको मायाँ भएको बताउदै त्यो उत्साह देखेर आफु निकै भाग्यमानी भएको बताएका छन् । एक वर्ष बिताएर आएको कारागारलाई उनले जेल नभएर विश्वविद्यालय मानेको पनि उनले उल्लेख गरे ।

विश्वबिद्यालयबाट आफुले धेरै कुरा सिकेर आएको समेत उनले बताएका छन् । करीब एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दोष सावित हुँदै छुटेका पल केही दिन अघी रुकुममा भएको सार्वजनिक कार्यक्रममा सहभागी भएका थीए ।

उनी हेलिकप्टरमार्फत रुकुम पुगेका थिए । त्यहा पनि उनलाई हेर्नकै लागि करिब ४० हजार बढी दर्शकहरु उपस्थित भएका थिए । त्यहाँ उनले म्यूजिक भिडियोबाट आफू दर्शकमाझ आउन लागेको पनि जानकारी गराएका थिए ।

नाबालिक बलात्कारको आरोपमा करिब १ बर्ष अगाडी आत्मसमर्पण गरेका उनि उक्त आरोप गलत साबित भएर सफाई पाएपछि कारागार मुक्त भएका थिए । अभिनेता पल शाह पुन आफ्नो काममा फर्किएको र सार्वजनिक कार्यक्रममा सहभागी हुदाँ या तस्बिर बाहिरिदा उनका सुभचिन्तक निकै उत्साहित भएका छन् । पल पनि अब आफ्नो कर्मलाई निरन्तरता दिने बताउदै आएका छन् । पल शाहलाई कलाकारिता क्षेत्रको निरन्तरताको हार्दिक शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?