कुटपिट गरेको भन्दै गायक तथा मोडल दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

एक युवालाई कुटपिट गरेको आरोपमाा दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी गरेको छ ।
गायक तथा मोडल दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। शनिबार पिकनिक गएका बेला गायक थापाले आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्ज उजुरी दिएका हुन्।

शनिबार टोखामा पिकनिकका क्रममा सामान्य कुरामा विवाद हुँदा थापासहित तीन जनाको समूहले आफूलाई कुटपिट गरेको क्षेत्री उजुरीमा उल्लेख गरेको प्रहरी वृत्त महाराजगञ्ज डिएसपी अंगुर जिसीले जानकारी दिए।

डिएसपी जिसीका अनुसार हिजो आइतबार उजुरी आएको हो। आज सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको भएपनि दुर्गेशले आफू बाहिर रहेको भन्दै भोलि मंगलबार आउने बताएपछि मंगलबार छलफल गरिने भएको छ।

‘पिकनिकका क्रममा आफूमाथि कुटपिट भएको भन्दै आइतबार ठाडो उजुरी आएको छ’, उनले देशसञ्चारसँग भने, ‘हामीले दुवैपक्षलाई छलफलका लागि बोलाएका छौँ। उजुरी दिने क्षेत्रीलाई कुनै चोटपटक भने लागेको छैन उनको अवस्था सामान्य रहेको बताइएको छ । दुवै पक्षसाँगको छलफलपछि थप जानकारी आउने प्रहरीको भनाई छ । ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?