गुल्मी पुगेर केपी ओलीले गरे डा.चन्द्र भण्डारीको प्रसंसा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चन्द्र भण्डारी जत्तिको नेता अहिले सम्म नभेटेको बताएका छन । आफ्नो पार्टिको एक कार्यक्रमलाई संबोधन गर्न गुल्मी पुगेका उनले यस्तो बताएका हुन ।

आफ्नो पार्टिका कार्यकर्ता हरुलाई संबोधन गर्दै उनले चन्द्र भण्डारी जत्तिको नेता कांग्रेस भित्र ३ फन्को लगाउदा पनि नभेटेको बताएका हुन । पुर्व प्रधानमन्त्री समेत रहेका उनले कांग्रेसको नीति भने सहि नभएकाले चन्द्र भण्डारी जत्तिको नेता त्यही नीति बोक्न बाध्य भएको टिप्पणी गरेका छन ।

हलभरी आफ्ना पार्टिका कार्यकर्ता भएको ठाउँमा ओलीले चन्द्र भण्डारी सार्है भलाद्मी भएको भन्दै प्रशंसा गरेपछी हलभरीका नेता कार्यकर्ता खुसीले गलल हासेका थिए ।

आफ्नो पार्टी भित्र मात्र होईन अन्य दलका नेता कार्यकर्ता बीच समेत लोकप्रिय नेता डा। चन्द्र भण्डारी हाल उपचाररत छन । गएको संघीय निर्वाचनमा चन्द्र भण्डारी संग पराजित एमाले उपमहासचिव प्रदिप कुमार ज्ञवाली समेत सहभागी रहेको कार्यक्रममा अध्यक्ष ओलीले नेता भण्डारीको प्रशंसा गरेका हुन । सांसद भण्डारीको गृह जिल्ला गुल्मी पुगेर अध्यक्ष ओलीले गरेको संबोधनको सो भिडियो क्लिप सामाजिक संजालमा चर्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?