वडा कार्यालय खोलेको भन्दै वडाध्यक्षमाथि कुटपिट

मोरङमा वडा कार्यालय खोलेको भन्दै वडाध्यक्षमाथि कुटपिट भएको छ । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका कार्यकर्ताले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा तालाबन्दी गर्ने क्रममा वडाअध्यक्षमाथि कुटपिट गरेका छन्।

आन्दोलनको क्रममा वडा कार्यालय बन्द गर्नुपर्ने भन्दै उनीहरूले वडाध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट गरेका हुन्। वडा कार्यालयमा तालाबन्दी गर्न आएको समूहले पौड्यालमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट वडा अध्यक्ष सामान्य घाइते भएका छन्। कार्यालय किन खोलेको भन्दै उनीमाथि हातपात भएको थियो। लगत्तै घटनास्थलमा पुगेको प्रहरीले पौड्यालको उद्धार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?