सालझण्डी–ढोरपाटन सडक अन्तर्गत पुर्कोटदह–अर्खवाङ्ग सडक खण्डको कालेपत्रेका लागि टेण्डर आव्हान

सालझण्डी–ढोरपाटन सडक अन्तर्गत गुल्मीको पुर्कोटदह–अर्खवाङ्ग सडक खण्डको कालेपत्रेका लागि आज टेण्डर आव्हान भएको छ ।

लामो प्रयत्नपछी यो योजनाको काम अघि बढेको गुल्मी जिल्ला क्षेत्र नं २ का प्रतिनिधीसभा सांसद गोकर्ण बिष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत जानाकारी गराएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , ‘सालझण्डी–ढोरपाटन सडक अन्तर्गत गुल्मीको पुर्कोटदह–अर्खवाङ्ग सडक खण्डको कालेपत्रेका लागि आज टेण्डर आव्हान भएको छ । लामो प्रयत्नपछी यो योजनाको काम अघि बढेकोमा मलाई अत्यन्तै खुशी लागेको छ । यो कामको लागि निरन्तर मेहनत गर्नुहुने सडक आयोजना र सम्बन्धित निकायका साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो सडक निर्माण पछि यस क्षेत्रका जनताले यातायातमा ठूलो सुविधा प्राप्त गर्ने अवस्था बन्नेछ ।’

नेपालको एक मात्र शिकार आरक्ष बागलुङको ढोरपाटनलाई तराईसँग जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक स्तरोन्नतीको काम समयमा नसकिँदा सर्वसाधारणलाई निकै सास्ती भएको छ । तराईबाट छोटो दूरीमा बागलुङलाई जोड्न दशकअघि रेखाङ्कन भएको यो सडकको अवस्था अहिले पनि उस्तै छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्नेगरी बषौँ पहिले यो सडकको ट्रयाक खुलेपनि उक्त सडकले पुर्णता पाउन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?