सापटी रकम फिर्ता नदिँदा टाउकोमा इट्टा प्रहार गरी हत्याः हत्यापछि अपराध लुकाउन फालियो पानी ट्यांकीभित्र

सापटी दिएके रकम फीर्ता नगर्दा ,सानो तिनो झगडा र बोली बाराबार भएके त पक्कैपनि देख्नुभएके छ या भोग्नुभएको छ । तर कसैलाई पैसा सापटी दिएर समयमै दियन भनेर मारीदिएको कहिल्यै सुन्नुभएको छ? पक्कै पनि छैन । तर तनहुँमा सापटी लगेको पैसा नर्तिदा एक महिलाले आफ्नो ज्यान गुमाउनुपरेको छ । सापटी लिदा सापटी दिएको रकम फिर्ता नगर्दा तनहुँमा एक महिलाको हत्या भएको घटना सार्वजनिक भएको छ ।

पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको हत्याको अभियोगमा तनहुँ प्रहरीले काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं। ५ स्थायी घर भई हाल पोखरा ७ घारीपाटनमा बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई पक्राउ गरि बिहीबार सार्वजनिक गरेको छ ।

सुनारले महिलाको टाउकोमा इँट्टाले प्रहार गरेर हत्या गरि तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित पिपलटारखानेपानी ट्यांकीमा फालिदिएको प्रहरीको आरोप छ ।

गत चैत १२ गते खानेपानी ट्यांकीमा पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको शव फेला परेको थियो । उनी फागुन २१ गतेदेखि हराएकी थिइन् । आफन्तले चैत ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी कार्य गरी पाउँ भनी निवेदन दिएका थिए ।

 

दर्शबृन्द एकपटक कल्पना गर्नुहोस त ,हामीले हाम्रो घर घरको धारामा आएको पानीलाई कति सफा मानेर खाइरहेका हुन्छौ । तर त्यहि पानीको ट्याङ्गकीमा मानीसको लास भेटिनु भनेको कस्तो डर लाग्दो कुरा । कल्पना मात्र गर्दा पनि आङ्गनै सीरीङ्ग हुन्छ ।
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा रहेको हरेक स्थानीयको घरघरको भान्सामा प्रयोग हुदै आएको पीपलटारको खानेपानीको ट्याङ्गकीमा शान्ती श्रेष्ठको शव सडेको अवस्थामा भेटियको थीयो ।
पृथ्वी राजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आइतवार बिहान भेटिएको थियो । उनको शव पहिचान पनि गर्न नसकीने अवस्थामा भेटियको थियो ।
उनका छोरा मनिष श्रेष्ठले उनी ४२ बर्षकी शान्ती श्रेष्ठ भएको र उनको घर धादिङको गंगाजमुना गाँउपालिका ४ लुङरीमा भएको बताउपछि उनको पहिचान खुलेको थियो ।
उनका श्रीमानको केहि बर्ष पहिला मृत्यु भएको र पछिल्लो समय उनले एकल जीवन बिताइरहेकी थिइन । उनले आफ्ने जीविका चलाउनको निमीत्त पोखरामा रहेर फलफुलको ब्यापर गर्दै आएकी थिइन् ।

तनहुँका म्याग्दे गाउँपालीका एक सय ३८ घरधुरीका मानीसले खादै आएको पानीमा केहि दिनदेखी नमीठो गन्ध आयो ।
बाटो खन्ने क्रममा पाइप काटीयर पानी गन्हायो होला भन्ने सोचेर स्थानीयले खासै वास्ता गरेनन् । खानेपानी उपभोक्ता समीतीले पनि सडक नीर्माणको काम गर्दा पाइप काटियर होला भन्ने सोच्यो ।
तर विगत दुइ तिन दिन देखि पानी खानै नसक्ने गरी असाध्यै गनाएपछि उपभोक्ता समीतीका सचिव चन्द्रकुमार मल्ल सहित केहि स्थानीयहरु गएर पानीको ट्याङ्गकीको ढक्कन उठाएर हेर्दा सवै गाउँ नै चकीत पर्यो , सवैको सातो गयो ,कल्पना भन्दा पनी नीकै परको कुरा भयो । ट्याङ्गकी भीत्र थियो मानीसको लास त्यो पनि सडेको अवस्थामा । उक्त सव चीन्न सकिने अवस्थामा थिएन ।
मनहराका स्थानीयलाई वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको हो । ‘दुई, तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गरेकोमा बिहान ट्याङ्कीको ढकन खोलेर हेर्दा शव फेला परेको थियो।
एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आइएको उक्त ट्यांकीमा शव भेटिएको जानकारी पश्चात घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले आवश्यक मुचुल्का तयार पारी घटनाबारे अनुसन्धान शुरु गरेको थियो ।
प्रहरीको अनुसन्धान बाट शान्तिको हत्या प्रकाश सुनारले गरेको खुलेको हो । धादिङ्ग घर भई पोखरामा गाडी चालक समेत रहेका सुनार फलफूल लगायत अन्य खाद्यन्नको दुवानी गर्थे । सोही क्रममा उनको भेट शान्ति श्रेष्ठसँग भयो । चिनजानपछि उनीहरु घनिष्ठ भए । सोही क्रममा सुनारले श्रेष्ठलाई केही रकम सापटी दिएका थिए । एकल महिला समेत रहेकी श्रेष्ठले आफनो छोराको उपचारको लागि सापटी लिएको पाइएको प्रहरीले जनाएको छ ।

सुनारले सापटी रकम फिर्ता माग्दा श्रेष्ठले नदिएको र त्यही निहुँमा हत्या भएको पाइएको तनहँु प्रहरी प्रमुख ९एसपी० अवदेश विष्टले बताए ।

‘१० हजार रुपैयाँ सापटी रकम फिर्ता नदिँदा सुनारले हत्यालाई अन्जाम दिएको हो । हत्या गरेपछि महिलासँग भएको गरगहना र मोबाइल पनि लुटिएको थियो,’ विष्टले भने ।

सुनारले महिलाको गरगहना पोखराको महेन्द्रपुलस्थित रजनी सुनचाँदीका सञ्चालन रविनकुमार गहतराजलाई बिक्री गरेका थिए । गहतराजलाई पनि प्रहरीले पक्रेको छ ।

सुनारलाई तनहुँ प्रहरीले चैत १५ गते तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं। १ थप्रेकबाट पक्राउ परेको थियो । घटनामा संलग्न रहेकालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँ बाट म्याद थप अनुसन्धान भइरहेकोे एसपी विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?