व्रतबन्धको भोजमा दलितले छोएको भन्दै भतेर घोप्ट्याउने वडा सदस्य प्रकाउ

मानिस एउटा सामाजिक प्राणी हो । बुद्धि र विवेकले गर्दा मानिस अन्य प्राणीभन्दा भिन्न कहलिँदै आएको छ । तर मानिस–मानिसकै बीचमा भने जन्म, वर्ण, धन

र शक्तिका आधारमा विभिन्न खालका विभेदहरू एक–आपसमा हुँदै आएका छन् । आजको २१ औँ शताब्दीमा विश्व मानव जगत्ले भौतिक विकासमा अत्यधिक सफलता हाँसिल गरेको अवस्थामा पनि नेपाली समाज छुवाछूतजस्तो पुरातनबादी सोँच र धारणामा अल्झिनु पक्कै पनि दुःखको विषय हो  ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा व्रतबन्धको भोजमा दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने वडा सदस्य प्रकाउ परेका छन् ।

माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछाने आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।

गत फागुन २५ गते ब्रन्तबन्धको भोजमा जातीय विभेद गरेको भन्दै रिभानका चार जनाविरुद्ध पोखराका नारायण परियारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएपछि लामिछाने फरार थिए ।

व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेर जातीय विभेद गरेको आरोपमा स्थानीय सन्तोष परियार र सुजन लामिछाने चैत १२ मा पक्राउ परेका थिए ।

फरार रहेका वडा सदस्य रामजी लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव ९कसुर र सजाय० ऐन २०६८ अन्तर्गत कारवाही गरी क्षतिपूर्ति समेत भराउन नारायणले माग गरेका छन् । आफन्तको ब्रतबन्धमा भाग लिन पोखरा–२९ भण्डारढिकका उनी फागुन २५ मा पुर्ख्यौली गाउँ रिभान पुगेका थिए ।

 

कसरी भएको थियो त यो घटना ? ……

पीडित नारायण परियारका अनुसार  कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा सन्तोष परियारले फागुन २५ गते साहिल र समिर परियारको ब्रतन्बधमा पाहुनाका रुपमा आफु नारायण ९दमै० परियार, जोगेन्द्र दास परियार, नरबहादुर कुमाल र मीनबहादुर परियार त्यहाँ पुगे ।

धर्मसंस्कार अनुसार टिकाटाला दान दक्षिणा गरेपछि भोज खान भनि भान्सातर्फ गए । त्यहाँ रहेका ९आरोपित पीडक० मध्ये सरिता लामिछानेले तिमी के थरि हौं  भनि सोध्नुभयो म आजको कर्ताको आफन्त हुँ भनेपछि तिमी दमैहरुलाई यहाँ होइन तिम्रो भान्सा छुट्टै छ भन्दै म ९जाहेरवाला० लाई भान्साबाट करिब २० मिटर पर नै रोक्नुभयो ।

मैले छुट्टाछुट्टै भान्सा भएको मलाई थाहा भएन र पनि म भैसीको मासु नखाने भएकोले म यहाँको भान्सामा नै भोज खान्छु । मैले यही भान्सामा खादा के हुन्छ भनेर प्रतिप्रश्न गर्दा यो बाहुन भान्सा हो यहाँ ब्राम्हण क्षेत्रीले मात्र खाने हो, यहाँ वृद्ध बुवा आमाहरु हुनुहुन्छ, तिमीहरुले छोएको खानु हुदैन भन्नु भयो ।

मैले अहिलेको समयमा पनि यस्तो कुरा नगर्नु भन्दा एक्कासी तिमी दलितहरु ठुला पल्टिन्छौ, ९आरोपीहरुले० एक मुख लगाउदै हाम्रा भान्सा जुठो भयो भन्दै रामजी लामिछानेले भान्सामा भएको दाल भात तरकारी भुइमा फालीदिनु भयो भने सुजन लामिछानेले पनि तिमी दमैहरु किन बाहुन भान्सामा आउने रु सबै भान्सा बिटुलो भयो भन्दै अपमान गरे ।

त्यसरी उनीहरुले अपमान गरेपछि आरोपी सन्तोष परियारलाई सो कुरा भन्दा छुट्टाछुट्टै भान्सा छत किन बाहुन भान्सा गएर छुवाछुत गरेको तनी भनि उल्टै मलाई सम्झाएपछि मलाई बस्न खान मन नलागेर मेरो घरमा पारिवारिक समस्यासमेत भएकोले तुरुन्तै घर फर्किए ।

त्यसपछी मलाई निम्ता गर्ने आरोपी सन्तोष परियारले फोन गरी तिमीले भान्सामा गई छोइदिएकाले सबै पाकेको खानाहरु फालिदिए  । मेरो एक लाख पचास हजार रुपैया को खाना खेर गयो मेरा पाहुनाको पनि अपमान भयो ।

त्यसैले तिमीले हाम्रो धर्म संस्कारलाई नमानी मेरो ब्रतबन्धको कार्य नै बिफल बनायौ । अब तिमिलाई हाम्रो कुल कुटुम्बबाट निकाल्छौ हाम्रो कुल मन्दिरमा पनि प्रवेश छैन । तिमीले दिएको घन्टी पनि लैजाउ भन्दै तिमीले जसरी पनि मेरो रकम तिर्नु बुझाउनु पर्यो भनी फोनमा धम्काएको उनको भनाई छ ।

कास्कीमा रहेका राजनीतिक दलका भ्रातृसंगठन, संघसंस्थाले घटनाको विरोध गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । मुक्ति समाज, नेपाल दलित संघ, नेपाल दलित मुक्ति मोर्चा, नेपाल दलित मुक्ति संगठन, दलित महिला संघ फेडो, विश्वकर्मा समाज, मिजार समाज, दलित सञ्जाल कास्कीलगायतले संयुक्त विज्ञप्ति जारी गर्दै जातीय विभेदपूर्ण घटनाप्रति खेद व्यक्त गरेका छन् ।

उनीहरूले पीडकलाई तत्काल कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन अपिलसमेत गरेका छन् । इन्सेक गण्डकीले पनि जातीय विभेद गर्नेलाई कारबाही गर्न गरेको मागप्रति ऐक्यबद्धता रहेको बताएको छ । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले पीडितको मागप्रति आफूहरूको ऐक्यबद्धता रहेको बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?