फेसबुकबाट साथि बनाएर नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई मंगलबार पक्राउ गरेको एसपी रवीन्‍द्र रेग्मीले जानकारी दिए।

 

प्रहरीले काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षीय आशिष तामाङ भन्ने निमा तामाङ र उनका साथी काभ्रे महाभारत गाउँपालिका–७ घर भई धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठलाई पक्राउ गरेको बताएको हो।

 

तामाङले फेसबुकमार्फत् नाबालिका पीडितलाई साथी बनाएका थिए। फेसबुकमार्फत् चिनजान गरी उनीहरू दुई जनाले नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोप छ।

 

तामाङ र श्रेष्ठले पीडितलाई गत फागुन ६ गते टोखा–३ ग्रान्‍डी अस्पताल नजिकैको गेष्ट हाउसमा लगेका थिए। त्यहाँ सामूहिक बलात्कार गरी फरार भएका उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको एसपी रेग्मीले बताए। घटनाको थप अनुसन्धान गर्न कार्यालयले उनीहरूलाई प्रहरी वृत्त महाराजगंजमा पठाएको छ।

उता दैलेखमा अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको कसुरमा एक पुरुषलाई जन्मकैदको फैसला भएको छ । दैलेख जिल्ला अदालतले २३ वर्षीय अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका –३ सेरीवाडाका ३८ वर्षीय भद्रबहादुर बुढालाई जन्मकैद फैसला गरेको हो ।

सोमबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले जन्मकैद ९२५ वर्ष० पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २८ सय रुपियाँ तिर्नुपर्ने फैसला गरेको हो । शारीरिक अपाङ्गता भएकी महिलालाई २०७८ असार ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०७८ असार ८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका थिए ।

घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय मार्फत गत साउन ३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

केही दिन अघि मात्रै आफनै बाबुले बलात्कार गर्दा १४ बर्षीय छोरीको पेटमा गर्भ बसेको खबर बाहिरिएको थियो । भक्तपुरमा आफ्नै १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार गर्दा छोरीको पेटमा आफ्नै बुवाको गर्भ रहेको खबर बाहिरिएको हो ।

महोत्तरीको बर्दिबास घर भएकी एक किशोरी आफ्नै बुवाको बलात्कारबाट गर्भवती भएको घटना सार्वजनिक भएको हो। उनले आफ्नी छोरीलाई पटक – पटक करणी गरेको र कसैलाई त्यसबारे भनेपछि परिवारलाई नै धम्की दिएको बालीकाको बयानमा खुलेको छ।

बर्दिबास–११ खयरमारा घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ३४ वर्षीय एक व्यक्तिले आफ्नै १४ वर्षीया छोरीलाई पटकपटक करणी गरेर गर्भवती बनाएका हुन्।

परिवारका सबै सदस्यसहित ठिमी बस्दै आएका ती पुरुषले पत्नीको आँखा छलेर छोरीलाई बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप गिरीले जानकारी दिए।

 

आमा नभएको मौका छोपेर बुवाले आफूलाई पटकपटक बलात्कार गर्दै आएको बयान किशोरीले प्रहरीसमक्ष दिएकी छन्। गिरीका अनुसार केही महिनादेखि परिवारसहित भक्तपुरको ठिमीमा बस्दै आएका ती पुरुष नजिकैको इँटा भट्टामा काम गर्थे। आमा छोरी महोत्तरी घर गएको बेला यो घटना सार्वजनिक भएको हो।

‘बर्दिबास अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गर्दा उनको पेटमा तीन महिनाभन्दा बढीको गर्भ रहेको खुलेको छ,’ डीएसपी गिरीले भने, ‘किशोरीले गर्भ आफ्नै बुवाको रहेको बताएकी छन्। यो घटना भक्तपुरको ठिमीमा भएकाले यसको सबै अनुसन्धान अब भक्तपुर प्रहरीले नै गर्ने प्रहरीले जनाएको छ ।

 

पीडित किशोरी हाल आफ्नी आमासँगै बर्दिबासमा छिन्। किशोरीकी आमाले दोषीलाई पक्राउ गरी कारबाही गर्न इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी दिएकी छन्। किशोरीकी आमाले छोरी गर्भवती भएको तीन दिन अगाडि मात्र थाहा पाएको बताएकी थिइन।

 

गएको कात्तिकमा आफूलाई बुवाले पहिलोपटक आमा नभएको बेला करणी गरेको बयान उनले दिएकी छन्। त्यसपछि पनि आमाको आँखा छलेर धेरैपटक आफूलाई बुवाले करणी गरेको उनको भनाइ छ।

 

करणीको विषयमा कसैलाई जानकारी गराए परिवारका सबै सदस्यलाई मारिदिने धम्की बुवाले दिएकाले आफूले लामो समयदेखि घटना लुकाएर राखेको पीडित किशोरीले बताएकी छन्।यस घटनालाई लिएर छोरीहरु आफ्नै बुवाबाट पनि असुरक्षीत भएको भन्दै आम जनमानसमा यसरी आफ्नै छोरीलाई धम्क्याएर पटक–पटक बलात्कार गर्ने ब्यक्तीलाई हदैसम्मको कारवाही हुनेपर्ने माग समेत उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?