उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित

वैशाख १० मा हुने उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गरी ५ दल एक ठाउँमा र जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत अर्को ठाउमा उभिएका छन् ।

५ दलले आज विज्ञप्ति जारी गरी बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

 

जसमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीले हस्ताक्षर गरेका छैनन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले बारा २ मा आफ्नै उम्मेदवार उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?