गुल्मीका दीपकलाई सीआईबीद्वारा सिंहदरबारभित्रैबाट पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ४९ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरेको छ ।

सीआईबीको प्रहरी टोलीले बिहीबार सिंहदरबारबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । न्यौपाने बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी हुन् ।

गुल्मीको छत्रकोट गाउँपालिका–४ घर भई न्यौपाने काठमाडौंको कलंकीमा बस्दै आएका छन् ।

उच्च अदालत पाटनको २०७८ मंसिर २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २२ लाख ४४ हजार रुपियाँ जरिवाना ठहर गरेको छ ।

कैद र जरिवाना ठहर भएपछि न्यौपाने फरार रहेका थिए । उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो ।

न्यौपानेलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

रिपब्लिका दैनिकबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?