दाङमा एक बालक नदिमा डुबेर वेपत्ता

दाङमा पौडी खेल्ने क्रममा राप्ती नदिमा डुबेर एक बालक वेपत्ता भएका छन । वेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालिका ८ घर भई अहिले सशस्त्र प्रहरी बल १९ नम्बर गण भालुवाङ दाङमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर सुनारका १२ वर्षीय छोरा बिबेक सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनी बिहिबार अपरान्ह ४ बजेको समयमा राप्ती नदिमा नुहाउने क्रममा डुवेर वेपत्ता भएको प्रहरीले जनाएको छ । झन्डै ४० जनाको प्रहरी टोलीले वेपत्ता बालकको खोजी कार्य तिव्र पारेको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?