प्युठानमा स्कुल बसमा ठोक्किएर एसइई परीक्षार्थीको मृत्यु

प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ प्यूठानमा दुर्घटना हुँदा एसईई परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ ।

 

विद्यानन्द मावि जुडापाटा परीक्षा केन्द्रमा एसईई परीक्षा दिएका विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुलबसलाई स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ को कार्यालय अगाडि गोठिबाङमा मोटरसाइकलले ओभरटेक गर्न खोजेको थियो ।

 

ओभरटेक गर्दै गर्दा लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल स्कुल बसमा पछाडिबाट ठोक्किएर मोटरसाइकलमा सवार गम्भीर घाइते भएका प्रतीक घर्तीको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ ।

 

प्रतीक घर्ती बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत थिए ।स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ तापाका १५ वर्षीय प्रतिकले विद्यानन्द मा वि परीक्षा केन्द्रमा एसईई परीक्षा दिदै थिए । बस र बस चालक अहिले प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?