अमेरिकन पेस्तोलसहित १ जना पक्राउ

मकवानपुरमा अमेरिकन पेस्तोलसहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १२ पदमपोखरीका ४४ वर्षीय सुरेश घलान रहेको प्रहरीले जनाएको छ ।

उनलाई मकवानपुर प्रहरीले विशेष सूचनाको आधारमा हेटौडा नगरपालिका ३ स्थित सरस्वती पेट्रोल पम्म अगाडिबाट पक्राउ गरेको हो ।

उनको साथबाट मेडइन यूएसए लेखिएको म्यागजिनसहितको एक थान पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?