फरक क्षमता भएका विद्यार्थीलाई विद्युतिय चुलो र खेलकुद सामग्री सहयोग

टोपलाल अर्याल, गुल्मी । उपल्लो तम्घास माविमा फरक क्षमता भएका बिद्यार्थीलाई बिद्युतिय चुलो तथा खेलकुद सामग्री वितरण गरिएको छ ।

 

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १३ औ बार्षीक उत्सवको अवसरमा बिद्युतिय चुलो तथा खेलकुद सामग्री प्रदान गरिएकोसंस्थाका शाखा प्रबन्धक इश्वरी गौतमले बताए ।

 

सस्थाले आर्थिक क्रियाकलापसंगै सामाजिक कल्याणका कामहरु पनि गर्ने भएकालेउपल्लो तम्घास माविमा फरक क्षमता भएको बिद्यार्थीलाई सहयोग गरेको गौतमले बताए । उनले नेपालकै उत्पादन र नेपाली बिद्युतबाटैसंचालन गर्न सकिने इन्डक्सन चुलो, कुकर र खेलकुदका लागि सामग्री प्रदान गरिएको बताए ।

 

कार्यक्रमका प्रमुख अतिथी रेसुंगा नगरपालिका वडा नं ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेयले सामाजमा लघुबित्तको बारेमा थुप्रै भ्रमहरु सृजना भएकाले सवैलाई एउटैडालोमा राखेर व्याख्या र व्याहार गर्न नहुने बताए । उनले केहि राम्रो गर्ने लघुबित्त पनि भएकाले आफ्नो लगानीमा ख्याल गर्न संस्था रक्रृणीलाई आग्रह गरे ।

 

बिद्यालयका निमित्त प्रध्यानाध्यापक मोति प्रसाद गौतमले बिद्यालयलाई सहयोग गर्ने संस्थालाई धन्यबाद दिए । बिद्यालयमा २४ जना फरक क्षमता भएका विद्यार्थी छन् ।

 

कार्यक्रममा वडा सदस्य, बिद्यालय व्यावस्थापन समितिका पदाधिकारी तथाशिक्षक लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?