सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका तमानखोलाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । बागलुङ प्रहरीले बागलुङको तमानखोला गाउँपालिका–४ साविक तमान गा वि स –६ का ३९ वर्षीय कृष्णबहादुर विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।

२०६७ भदौ ३१ गते भएको म्याग्दीको रुम गा वि स –७ का ४६ वर्षीय लालबहादुर विक हत्याको घटनामा संलग्न विकलाई जिल्ला अदालत बागलुङले २०६८ मा सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरेको थियो । उक्त घटनाको सर्वोच्च अदालतले २०७२ माघमा जिल्ला अदालतको फैसला सदर गरेपनि विक फरार रहेका थिए ।

 

विकलाई जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा रुपन्देही सिदार्थनगर नगरपालिका–१२ शान्तिनगरबाट नियन्त्रणमा लिएर लगत कट्टाको लागि मंगलबार जिल्ला अदालतमा उपस्थित गराएर कारागार कार्यालय बागलुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक खड्काले बताए ।

 

उनले विकले तत्कालिन समयमा लालबहादुर विकलाई टाउकोमा ढुंगाले हानी हत्या गरेर तमानखोलामा फालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।अन्नपुर्ण पोष्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?