चितवनको टाइगरल्याण्ड रिसोर्टमा भीषण आगलागी

चितवनको भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको हो । आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?