बुटवलमा खुल्यो मेगा ईम्पेरियल कन्सल्टेन्सी सर्भिसेस

बुटवलमा मेगा ईम्पेरियल कन्सल्टेन्सी सर्भिसेस संचालनमा आएको छ । बुटवल ११ कालिकानगर होराइजनचोकमा एक समारोहका बिच मेगाको उद्घाटन गरिएको हो। संचालक त्रिभुवन भण्डारीका पिता बिष्णुप्रसाद भण्डारी र माता तुल्सादेबी भण्डारीले रिबन काटेर मेगाको शुभारम्भ गर्नुभएको हो ।

 

१४ बर्षदेखि कमर्सियल बैंक (एनएमबि बैँक र एनआईसी बैँक) मा काम गरेको अनुभव भएका भण्डारीले अबदेखि बुटवलमै सटिफिकेशन कोर्ष ,जब कोर्ष,जब प्लेसमेन्ट,१ महिने कोर्ष (६० घण्टा ) अष्ट्रेलिया,युके,क्यानडा,युएसए जान चाहने बिद्यार्थीका लागि करियर काउन्सिलिङ तथा ब्यबसायीक ट्रेनिङ समेत दिने बताउनुभयो ।

नविन सोच सहित सेवामुलक बिजनेश थालेको बैँकर तथा प्राध्यापकसमेत रहेका भण्डारीको भनाइ छ । पहिलाे चरणमा २० लाख लगानी गरेकाे उहाँकाे भनाइ छ । उद्घाटन नहुंदै पाँच जना बिद्यार्थी आबद्ध भएका छन् । अध्ययन सकेर अब काम र रोजगारीको पर्खाईमा रहेका युवाहरुका लागि मेगाले क्षमता बिकास र उपयुक्त ठाउमा काममा लगाईदिने भण्डारीले बताए । मेगाले व्यवसाय गरिरहेका र नयाँ व्यवसाय सुरु गर्दै गरेका व्यवसायीका लागि बिभिन्न व्यवसायीक योजना बनाउने देखी लिएर लगातार अनुगमन समेत गरी व्यापार प्रवर्धन गर्ने योजना समेत बनाएको छ ।

पत्रकार भुवन भुसालको संचालनमा भएको उद्घाटन कार्यक्रममा अवसरमा माछापुच्छ्रे बैंकका शाखा प्रमुख यम लामा,ब्यवसायी पारसमणि भण्डारी, बिष्णुप्रसाद भण्डारी, रिता शर्मा भण्डारी लगायतले बाेल्दै बुटवलका लागि नयाँ कन्सेप्टमा कन्सल्टेन्सी संचालनमा आएको भन्दै सफलताकाे शुभकामना दिएका छन् । कन्सल्टेन्सीमा अहिले ५ जना कर्मचारीले प्रत्यक्ष राेजगारी समेत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?