गुल्मीदरबारमा जनप्रतिनिधिको १ बर्ष, उल्लेखनीय कामहरु सार्वजनिक

भुवन भुसाल, गुल्मी गुल्मीको गुल्मीदरबार गाउँपालिकाले जनप्रतिनिधिको एक बर्षको कार्य प्रगती सार्वजनिक गरेको छ । आज पालिकामा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरि एक बर्षभित्र भएका काम सार्वजनिक गरिएको हो ।

गाउँपालिकाको सभाहल गौडाकोटमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज कुमार थापा, उपाध्यक्ष तारा थापा ढेंगा, प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थी लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, वार्ड सदस्यहरु, राजनैतिक दलका नेता, पत्रकार लगायतको सहभागिता थियो ।

कार्यक्रममा सहभागिहरुलाई आफुहरु निर्वाचित भएपछी भएका भौतिक प्रगति, नितिगत सुधार, कानुन, प्रशासनमा गरिएको सुधार लगायतका बिषयमा जानकारी गराईएको थियो । गाउपालिका अध्यक्ष सरोज कुमार थापाले कामहरुको जानकारी राख्दै १२८ वटा योजना सम्पन्न, ६ न वडा कार्यालय निर्माण, १५ शैयाको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराएका छन ।

 

ईश्वरी माबिमा १६ कोठे भवन निर्माण लगायत राष्ट्रपती शैक्षिक कार्यक्रम अन्तरगत ४  बिद्यालयमा भवन निर्माण गरिएको पालिका अध्यक्ष थापाले जानकारी गराएका छन । उपभोक्ता समितिलाई तालिम,वडामै योजना सम्झौता गरि योजना सम्पन्न गर्नमा सहजीकरण गरिएको समेत बताईएको छ । गुल्मी दरबार गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि डिपिआर निर्माण गरिएको छ ।

 

न्यायीक समितिमा दर्ता भएका ११ मुद्दा मध्य ८ वटा मुद्दा फर्छ्योट गरिएको ,गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम संचालन गरिएको जानकारी गराईएको छ । बिधालयका लेखापल र शिक्षकलाई तालिम संचालन गर्ने देखि लिएर गाउँगाउमा महिलाहरुलाई सीप एवं क्षमता बिकास तालिम संचालन गरिएको जानकारी पालिका अध्यक्ष थापाले दिएका छन ।

 

पुर्ण खोप युक्त पालिका घोषणा, नेपालमै पहिलो पोषण मैत्री गाउँपालिका घोषणा गरिएको उपलब्धि पनि कार्यक्रममा समाबेस गराईएको थियो । दीर्घ रोगिको लागि निशुल्क औषधि बितरणको व्यवस्था मिलाईएको समेत जानकारी गराईएको छ । माछा, बाख्राको बिकासका लागि निशुल्क बितरण गरिएको समेत पालिकाले प्रगती प्रतिबेदनमा समेटेको छ ।

 

उत्पादन बढाउन किसानको बारिमै पुगि माटो परिक्षण गरिएको, उत्पादन बढाउन पकेट क्षेत्र तोकि काम गरेको पालिकाले किसानहरुलाई मिनिटिलर बितरण समेत गरेको छ ।

 

भुमी बैंक संचालन गरि बाँझो जग्गालाई उपयोगमा ल्याउने कार्यक्रम संचालन गरेको गुल्मीदरबार गाउँपालिकाले किसानलाई २% ब्याजमा ऋण समेत दिँदै आएको छ । पत्रकार सम्मेलनको संचालन गाउँपालिकाका प्रवक्ता समेत रहेका वार्ड न ७ का वडा अध्यक्ष शालिकराम टण्डनले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?