“नेपालको गणतन्त्र भुलभुलैयामा पार्ने गलत बाटोको सुरुवात” : डा. चन्द्र भण्डारी

गोबिन्द झाक्री, काठमाडौ

नेपाली कांग्रेसका नेता एवं संघिय सांसद डा. चन्द्र भण्डारीले नेपालको गणतन्त्र लाई भुलभुलैयामा पार्ने गलत बाटोको सुरुवात हुन लागेको बताएका छन । गणतन्त्र दिवसको शुभकामना दिंदै डा. भण्डारीले यस्तो बताएका हुन ।

 

सामाजिक संजाल मार्फत उनले “जब जनताले मेरो अधिकार भनेर अपनत्व ग्रहण गर्न सक्दैन त्यो गणतन्त्र बिकृतीको रुपमा परिणत पनि हुन सक्छ” भन्दै चिन्ता व्यक्त गरेका छन । साथै उनले अहिलेका राजनितिक दल तर्फ इंगित गर्दै यो भुलभुलैया आफैले जन्माएकोले बेलैमा सोंचेर गम्भीर बन्दै सच्चिन सुझाव समेत दिएका छन ।

 

गलत गर्दा आफ्नैको पनि बिरोध र राम्रो गर्दा अरुनै दलको समर्थन गर्न पनि खुट्टा नकमाउने नेताको छवि बनाएका डा. भण्डारी समकालीन राजनितीमा नागरिकले रुचाएको नेताका रुपमा स्थापित छन । गुल्मी निर्वाचन क्षेत्र न १ बाट संघिय सांसद बनेका डा. भण्डारी सामाजिक संजालमा लेख्छन् “आज गणतन्त्र दिवस । जनताको अधिकार जनताका लागि ।

 

तर जब जनताले मेरो अधिकार भनेर अपनत्व ग्रहण गर्न सक्दैन त्यो गणतन्त्र बिकृतीको रुपमा परिणत पनि हुन सक्छ, जुन अहिले हामिले अनुभुती गरिरहेका छौं । कहिलेकाही सत्यपनी असत्य बन्न सक्छ ।

 

समय अनुसार चल्न नसक्दा त्यो भुलभुलैयामा नेपालको गणतन्त्रलाई पार्न खोज्नु गलत बाटोको सुरुवात हुन सक्दछ । यी सबै चुनौती हामिले जन्माएका हौं, सोचौं ।” गणतन्त्र दिवसको शुभकामना !!! सांसद डा. भण्डारी केही महिना अगाडि एक दुर्घटनामा परि हाल उपचार पश्चात् आराम गरिरहेका छन, उनलाई पुर्ण रुपमा निको हुन अझै ६ महिना लाग्ने चिकित्सकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?