तम्घासमा खुल्यो महिन्द्रा शोरुम

भुवन भुसाल , गुल्मी

महिन्द्रा गाडिका पारखीहरुले अब गुल्मीको तम्घासमा नै गाडी बुकिङ्ग र खरिद गर्न पाउने भएका छन । न्यु एन्जिला अटोमोवाईल्सले आज तम्घासमा शोरुमको औपचारिक उदघाटन गरेको छ ।

 

पहाडी जिल्लाहरुमा गाडिको राजा नै बनेका महिन्द्राको बुलेरो र स्कार्पियो अधिकांसको रोजाईमा पर्छन तर जिल्लामा शोरुम नहुँदा अरु जिल्ला पुग्नुपर्ने बाध्यता अब अन्त्य भएको छ । आज रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले एक औपचारिक कार्यक्रमको बीच शोरुम उधघाटन गर्दै व्यवसायीक सफलताको कामना व्यक्त गरेका छन । उद्घाटन कार्यक्रममा जिल्लाका जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायी, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

उदघाटन पछि शोरुमका संचालक एवं युवा व्यवसायी ईश्वरी कंडेलले यो शोरुम केवल आफ्नो चाहानाले मात्रै नभई गुल्मी बासीको चाहानाले खुलेको भन्दै सबैको यस्तै साथको अपेक्षा रहेको बताएका छन । महिन्द्रा शोरुम पुरानो बैंक रोडमा संचालन गरिएको छ । लामो समयदेखि महिन्द्रा सर्भिस सेन्टर संचालन गर्दै आएको एन्जिला अटोमोवाईल्सले शोरुम समेत सुरुवात गरेपछी गुल्मीका यातायात व्यवसायी संगै गाडिका पारखीहरुमा खुशी छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?