कृषिमा ५८ अर्ब बढी बजेट बिनियोजन: रासायनिक मलमा मात्रै ३० अर्ब

सरकारले कृषि तथा पशुपन्छी विकासका लागि ५८ अर्ब भन्दा धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो कृषि तथा पशुपन्छी विकासका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

 

चालु आर्थिक वर्ष २०७९–८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ ।

 

किसानलाई रासायनिक मलमा अनुदान दिन मात्रै ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमै आपूर्ति सुनिश्चित गरिने अर्थमन्त्री महतले बताए । मल आपूर्तिलाई व्यवस्थित र पारदर्शी बनाइने पनि सरकारले घोषणा गरेको छ ।स्वदेशमै रासायनिक मल कारखाना स्थापित गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी साझेदारीमा लगानी बोर्डमार्फत काम अघि बढाइने सरकारले बजेट भाषणमा उल्लेख गरेको छ ।

 

किसानले समयमै रासायनिक मल नपाउने नेपालको पुरानै समस्या हो । सरकारले स्वदेशमै मल कारखाना खोल्ने बताउँदै आए पनि कार्यान्वयन भने हुन सकेको छैन ।

 

योसंगै पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गरिने भएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि बजेट ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी जीडीपीमा कृषि क्षेत्रको योगदान बढाइने ,गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने,१०० स्थानीय तहमा धान र आलु खेती विस्तार गरिने भएको छ ।

 

मल, बिउ र बिमा बाहेकका सबै कृषि अब उत्पादन पछि मात्रै अनुदानदिइने ,धरान, सिन्धुली, धनुषा, सिरहा र सुर्खेतका थोक तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला खोलिने, उत्कृष्ट किसानलाई कृषकलाई ‘राष्ट्रपति उत्कृष्ठ किसान’ सम्मान दिइने ,एक सय स्थानिय तहमा पोषिलो घाँसे बाली विकास गरिने भएको छ ।

उता कृषिमा पनि युवा स्टार्टअब विकास गरिने कृषिमा युवा परिचालन गर्न एक अर्ब २० करोड बजेट छुट्याइएको छ भने कृषि बीमामा बजेट विनियोजन गरिएको छ । किसानको बाली बाँदर लगायतका जंगली जनावरबाट बचाउन तारबार गर्न समेत बजेट बिनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?