बजेट बनाउँदा सबै पक्ष समेट्ने तयारीमा रेसुङ्गा नगरपालिका, निजि क्षेत्रलाई उत्साही बनाउने योजना

गोबिन्द झाँक्री, गुल्मी

स्थानिय तहहरु आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट निर्माणका निम्ति जुटिरहेका छन । केही स्थानिय तहहरुले आफ्नै खुसीले बजेट बनाईरहेका छन भने केजि भने सबैको राय लिएर बजेट बनाउने तयारीमा रहेको देख्न सकिन्छ ।

 

 

केही दिन यता गुल्मीको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीको कार्यक्षमा फरक फरक मानिसको समूह आउँछ । बिहान देखि अबेर सम्म छलफल चल्छ । आएका हरेकले रेसुङ्गालाई समृद्ध बनाउन यस्तो यस्तो काम गर्नुपर्छ भन्ने सुझाब दिन्छन ।

 

केहिदिन अघि नयाँ सोचका साथ रेसुङ्गा नगरपालिकामा काम गरिरहेका युवाहरू संग अन्तर्कृया गरेको नगरपालिकाले आज बिहानै उद्योगी, व्यवसायी संग बजेटमा समाबेश गर्नुपर्ने बिषयका लागि सल्लाह सुझाव माग गरेको छ ।

अन्तर्कृया कार्यक्रम पछि देश दर्शन संग कुरा गर्दै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले भने “आगामी आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणको चरणमा छौं, यसै सन्दर्भमा आज हामिहरु उधोग वाणिज्य संघ गुल्मी, चेम्बर अफ कमर्स गुल्मी र उधोग संघ गुल्मीका पदाधिकारी तथा प्रतिनिधिहरुसंग छलफल संवाद गरि निति तथा कार्यक्रम र बजेट निर्माणमा उहाँहरुका अमुल्य सुझाव सल्लाह लिएका छौँ ।” मेयर पन्थीले निजि क्षेत्रका संम्भावना, समस्या र समाधानका विषयमा रेसुङ्गा नगर सरकार गम्भीर रहेको समेत बताएका छन ।

निजि क्षेत्रलाई थप उत्साहित र आकर्षित गर्ने खालका निति तथा कार्यक्रम बनाइ बजेट निर्माणको गृहकार्य गर्दै गरेको उनले दाबी गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?