गुल्मीको चम्किन नपाउँदै अस्ताएको तारा स्वर्गीय बिनोदको नाममा अक्षयकोष 

भुवन भुसाल, गुल्मी

गुल्मीको मुसिकोटमा जन्मिएर सानै उमेरमा खेल क्षत्रको चम्किलो तारा बनेका बिनोद बिक गएको बैशाखमा अस्ताए । गरिबिले गालेको परिवारमा जन्मिएर पनि ढुङ्गामा उम्रीएको पिपल जस्तै संघर्षले राष्ट्रिय भलिवल खेलाडी बनेका उनी जम्मा १९ बर्षकै उमेरमा सदाका लागि अस्ताउनु पर्यो ।

पढाई र खेललाई संगै लैजादै गरेका बिनोद लुम्बिनी प्रदेश का भलिबल खेलाडी हुन भने उनी नबौ रास्टिय खेल पनि खेलेका थिए । खेलकै माध्यमबाट यो देशलाई बिनोदले चिनाउन सक्छन भन्ने देखेर बिनोदको सपना पूरा गर्न उनको परिवार र भलिवल प्रशिक्षक सन्दिप जिसीले हरतबरले साथ दिईरहेका थिए । उनलाई हौसला मात्र होईन खेल क्षेत्रमा आर्थिक भौतिक सहयोग समेत गर्दै आएका सन्दिप जिसि भावुक हुँदै सम्झन्छन् “एक दिन यो देशकै नाम राख्न सक्ने क्षमता भएको खेलाडी क्यान्सर बाट ग्रसित हुन पुग्यो, उपचार हुँदै थियो हामी रकमको जोहो गर्दै थियौं, तर सफल हुन सकेनौं त्यो चम्किलो तारा गत बैशाख २९ मा अस्तायो सदाका लागी” ।

ग्रामीण भेगमा जन्मिएको बिनोद खेल क्षेत्रमा संघर्ष गर्दा पनि अभाव नै थियो, मृत्यु संग संघर्ष गर्दा पनि अभाव, मुसिकोटकै युवा सन्दिपको पहलमा उपचारका लागि करिव ६ लाख रकम संकलन भएको थियो केही खर्च भयो केही बच्यो तर बिनोदको भने अवसान भयो । “बिनोदको मृत्युले परिवारले छोरा मात्र गुमाएन, देशले एक कुशल खेलाडी पनि गुमायो” बिनोदलाई राष्ट्रिय खेलाडी बनाउने सपना देखेका सन्दिपले देश दर्शन संग कुरा गर्दै भने ।

बचत रकम बाट ३ लाख बुवाआमालाई, ३ लाख को अक्षय कोष

बिनोदले दुर्गा भवन माद्यामिक बिधालय मुसिकोट ५ मा अध्ययन गर्दै थिए । बिनोदको लागि संकलित रकम अब सोही बिधालयमा अक्षयकोष खडा गरिने भएको छ । बचेको रकम मध्यबाट बिनोद स्मृति अक्षय कोष खडा गर्न सन्दिप जिसि र बिजय खरेल (बिजु) को पहलमा पोल्यान्डमा संकलन गरिएको ३ लाख रकम खातामा जम्मा गरिएको छ । त्यस्तै सन्दिप जिसीको पहलमा संकलित ३ लाख रुपैयाँ बिनोदको बुवा र आमाको नाममा रहेको खातामा रकम जम्मा गरिदिएको सन्दिप जिसीले बताए । अक्षयकोषका लागि जम्मा गरिएको रकमबाट प्रत्येक बर्ष बिधालयमा भलिबल खेल आयोजना गरिने र व्याज बाट खेलमा प्रथम,दितिय र तृतीय हुने समुहलाई पुरस्कार दिईने व्यवस्था मिलाईने जिसीले बताएका छन ।

“अब बिनोदको क्षती त पुर्ती हुँदैन तर बिनोद जस्तै अरु खेलाडी उत्पादन गर्न सकियो भने बिनोदको आत्माले शान्ति पाउन सक्छ कि भन्ने लागेर यो निर्णय गरेका हौं” जिसीले भने । आर्थिक रकम संकलनमा समाजसेवीहरु बाबुराम सुनार, प्रकाश तिवारी, दुर्गा थापा मगर,पसुराम खरेल, रिता तिवारी न्यौपाने र बिस्णु श्रीपालीको समेत बिशेष भुमिका रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?